काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग सिजन ३ का लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडलाई आफ्नो को–स्पोन्सरका रूपमा निरन्तरता दिएको घोषणा गरेको छ ।

यो साझेदारीले हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीचको बलियो सम्बन्ध, आपसी विश्वास तथा नेपाली क्रिकेटको विकास र प्रवद्र्धनप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

यस अवसरमा चितवन राइनोजका क्लब अध्यक्ष श्री आयुष न्यौपाने र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत सुश्री अञ्जु श्रेष्ठले समझदारीपत्रमा औपचारिक रूपमा हस्ताक्षर गर्नुभएको छ ।

चितवन राइनोजले निरन्तर विश्वास र समर्थनका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्सप्रति हार्दिक आभार व्यक्त गर्दै एनपीएल सिजन ३ का लागि थप सफल र प्रभावकारी सहकार्यको अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *