काठमाडौं । कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित ‘इन्डोर सुपर लिग सिजन २’ को उपाधि पोखरा वारियर्सले जितेको छ ।

काठमाडौंस्थित भेलोसिटी एरिनामा आज सम्पन्न फाइनल भिडन्तमा पोखरा वारियर्सले बुटवल एम्पायरलाई १७ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

पहिले ब्याटिङ गरेको पोखरा वारियर्सले पहिलो इनिङ्समा ७९ रनको योगफल तयार पारेको थियो । पोखराका अमित श्रेष्ठले ब्याटिङपछि बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएपछि बुटवल एम्पायर लक्ष्यभन्दा १७ रनले पछि पर्दै पराजित हुन पुग्यो । कुल १० टोलीको सहभागिता रहेको उक्त प्रतियोगिता ७ दिनसम्म सञ्चालन भएको थियो भने प्रतियोगिताभर ४९ वटा खेलहरू खेलिएका थिए ।

उपाधि विजेता पोखरा वारियर्सले नगद रु ५ लाख, ट्रफी तथा पदक प्राप्त गरेको छ भने उपविजेता बुटवल एम्पायरले नगद रु २ लाख र पदकमा चित्त बुझाएको छ ।

प्रतियोगितामा अलराउन्ड प्रदर्शन गरेका अमित श्रेष्ठ रिबन इन्टरटेनमेन्ट प्रस्तुत ‘प्लेयर अफ द फाइनल’ घोषित भए । यस्तै, पोखरा वारियर्सका आश्रय बस्नेतले ’बेस्ट ब्याटर’ बन्दै नगद रु १५,००० प्राप्त गरे भने काठमाडौँ कैलाश किंग्सका गौतम केसीले ’बेस्ट बलर’ चुनिएर रु १५,००० हात पारे ।

त्यसैगरी, पोखरा वारियर्सका हरि ओम जोशी नगद रु २५,००० सहित ’प्लेयर अफ द टुर्नामेन्ट’ बन्न सफल भए भने काठमाडौँका सन्तोष रोकायाले नगद रु १०,००० सहित ’इमर्जिङ प्लेयर’ को पुरस्कार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *