काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई नेपाल जुडो संघले सफलताका लागि शुभकामना दिदै बिहीबार बिदाइ गरेको छ ।

जापानको आइची-नागोयामा असोज ३ गतेदेखि सुरु भएको एसियाडमा जुडोबाट समान ३–३ पुरुष-महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । जुडो भने असोज १४ गतेदेखि सुरु हुनेछ । टोली असोज १० गते जापान जाने छ ।

पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि सुजन गुरुङले प्रतिस्पर्धा गर्ने  छन् । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ४८ केजीमुनि निशा श्रेष्ठ र ७० केजीमुनि पुनम श्रेष्ठ सहभागी हुने छन् ।

टिम व्यवस्थापकमा रमेश महर्जन र प्रशिक्षकमा सुनिता मगर ताम्राकार छन् । प्रतियोगता सञ्चालन गर्न नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य पनि त्यसै दिन जापान जाँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *