काठमाडौं । मार्वलस र रेडियन्ट पब्लिक यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा मार्वलसले विल्सन एकेडेमीलाई ६४–४५ ले पराजित गर्यो । मार्वलसको जितमा सिनेप शाहीले २० अंक योगदान गरे । विधान कार्कीको १३ अंक सहयोगमा रेडियन्ट पब्लिकले ग्रिनल्यान्डलाई ७०–२८ ले हरायो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको अन्य प्रतिस्पर्धामा भेनस पब्लिकले आदर्शलाई ५२–४१, बाल दीक्षा सदनले त्रिज्योतिलाई ५१–४०, निसर्ग वाटिकाले त्रियोगलाई ४८–२७, डाफोडिलले विद्या विकासलाई ४०–१९, भ्याली पब्लिकले रेडियन्ट रिडर्सलाई ६९–४१, संस्कृतिले अक्षरालाई ६१–२९ र मातृभूमिले पुष्पसदनलाई ६१–३८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

भनेसका प्रयाग शर्माले २२, बाल दीक्षाका सयल महर्जनले २१, निसर्गका सचित श्रेष्ठले १५, डाफोडिलका कुशल कार्कीले १२, भ्याली पब्लिकका अशोक विकले २२, संस्कृतिका समरमान बस्नेतले १७ र मातृभूमिका आभास राउतले १८ स्कोर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *