नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको मिति २०८३ भाद्र १३ गते बसेको पदाधिकारी बैठकको निर्णय बमोजिम एक लाख रुपैयाँ भोटेकोशी क्षेत्रमा आएको बाढीबाट पीडितहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ

। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले यसअघि पनि वि.सं. २०७२ सालको विनाशकारी भूकम्पबाट प्रभावित गोरखा जिल्लाका भूकम्प पीडितका लागि राहत सामग्री वितरण गरी मानवीय सहयोग प्रदान गरेको महासंघका महासचिव घमबहादुर थापा मगरले जनाएका छन् ।

प्राकृतिक विपद्का समयमा पीडित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार कार्यमा सहयोग गर्नु महासंघको सामाजिक तथा मानवीय उत्तरदायित्वप्रतिको प्रतिबद्धताको निरन्तरता भएको महासंघका महासचिव मगरले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *