ग्रिनल्यान्ड र युनिक नेपालले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा ग्रिनल्यान्डले जनप्रेमीलाई ५२–४६ तथा युनिकले नेक्सस्लाई ५७–४९ ले पराजित गरे । ग्रिनल्यान्डका जेसन तामाङले १४ तथा युनिकका रोशन खड्काले ३५ अंक जोडे ।

नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा बीडिएसले नाइटिङ्गेललाई ९३–११, नवोदितले एभरेष्टलाई ४७–२९, त्रिज्योतिले निस्ट, भक्तपुरलाई ४९–२३, भ्याली पब्लिकले एलआरआईलाई ५१–३९, अक्षराले द एक्सेल्सियर स्कुललाई ३०–११, मातृभूमिले न्यु जेनिथलाई ४२–१९, हिमालयनले चाणक्यलाई ५७–५१ र डाफोडिलले बौद्ध इन्टरनेसनल स्कुललाई ४३–३१ ले हराए ।

बीडिएसका निश्चल महर्जनले २४, नवोदितका आदेशले १४, त्रिज्योतिका नवाङ शेर्पाले १८, भ्याली पब्लिकका अनिश केसीले २०, अक्षराका सुयोग तिमल्सिनाले १२, मातृभूमिका सक्षमले १६, हिमालयनका अस्विन थापाले २७ र डाफोडिलका काल्साङ तामाङले १८ स्कोर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *