जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा चीनले पदक तालिकामा आफ्नो अग्रता कायमै राखेको छ ।
प्रतियोगिताको छैटाैं दिनसम्मकाे पदक तालिकाअनुसार चीनले ८० स्वर्ण, ३० रजत र २० कांस्य गरी कुल १३० पदक जितेको छ । आयोजक जापान २० स्वर्ण, ३४ रजत र ३७ कांस्यसहित ९१ पदक जितेर दोस्रो स्थानमा छ जापानले चीनभन्दा ६० स्वर्ण कम जितेको छ ।
दक्षिण कोरिया १० स्वर्ण, १२ रजत र २८ कांस्यसहित ५० पदकका साथ तेस्रो स्थानमा छ । कजाखस्तान ८ स्वर्ण, ८ रजत र ९ कांस्यसहित २५ पदकका साथ चौथो स्थानमा रहँदा उज्बेकिस्तान ६ स्वर्ण, १२ रजत र ८ कांस्यसहित २६ पदक जितेर पाँचौँ स्थानमा छ ।
त्यस्तै इरान ६ स्वर्ण, १० रजत र ४ कांस्यसहित २० पदकका साथ छैटौँ, थाइल्यान्ड ५ स्वर्ण, ४ रजत र ७ कांस्यसहित १६ पदकका साथ सातौँ तथा हङकङ ४ स्वर्ण, १० रजत र ९ कांस्यसहित २३ पदकका साथ आठौँ स्थानमा छन् ।
उत्तर कोरिया ३ स्वर्ण, ३ रजत र ३ कांस्यसहित ९ पदक जितेर नवौँ तथा बहराइन ३ स्वर्ण, २ रजत र ५ पदकसहित शीर्ष १० मा रहेको छ ।
यस्तै नेपालले पनि करातेकाे कुमुतेमा कास्य पदक हिजाेमात्रै जितेकाे थियाे भने आज महिला कबड्डी टिम सेमिफाइनलमा पुगेसँगै कास्य पदक पक्का गरेकाे छ ।
