काठमाडौं । आयोजक इम्पेरियल वर्ल्ड स्कुलले प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ । दोहोरो जित निकालेको इम्पेरियलले सिनियर गर्ल्स र जुनियर ब्वाइजमा सफलता पायो ।

बूढानीलकण्ठस्थित घरेलु कोर्टमा भएको सिनियर गर्ल्सको खेलमा इम्पेरियलले मेरिडियन इन्टरनेसनल स्कुललाई २१–१४ ले पराजित गर्यो ।

इम्पेरियलकी सयुना मैनालीले ९ स्कोर गरिन् । निस्टले काष्ठमण्डप विद्यालयलाई २३–२० ले हरायो । निस्टकी श्रृजु रिसालले ९ अंक जोडिन् ।

जुनियर ब्वाइजमा इम्पेरियलले डिभाइनलाई १४–१२ ले पाखा लगायो । इम्पेरियलका नेलिक्स अधिकारीले ६ अंक बटुले । प्रिमियर इन्टरनेसनलले टीआईएलाई २३–२ ले सहजै पन्छायो । प्रिमियरका अर्नव अवालेले ६ अंक जोडे ।

सिनियर ब्वाइजमा निस्टले काठमाडौं युरो आईबी वर्ल्ड स्कुललाई ३१–११ ले पराजित गर्यो । निस्टकी समिन खत्रीले ६ स्कोर गरे । युरो स्कुल, हात्तीगौडा र काठमाडौं युरोबीचको सिनियर गल्र्सको खेल वर्षाले गर्दा स्थगित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *