नेपाली खेलाडी राहुल दर्शन र सोहेब मान श्रेष्ठले चीनको गुइयाङमा आयोजना हुने युआइपिएम २०२६ पेन्टाथलन विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने भएका छन् ।

युनियन इन्टरनेसनल डे पेन्टाथलन मोडर्न (युआइपिएम) र चिनियाँ मोडर्न पेन्टाथलन एसोसिएसन (सिएमपिए) को सहकार्यमा हुने प्रतियोगिता अगस्ट २४ देखि ३० सम्म सञ्चालन हुनेछ ।

विश्व च्याम्पियनसिपमा सहभागी हुन लागेका राहुल र सोहेबलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले बिदाइ गरेका छन् ।

एनओसी अध्यक्ष श्रेष्ठले दुवै खेलाडीलाई आफ्नो क्षमताअनुसार उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न शुभकामना दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *