अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज भिक्टोरिया क्रिकेट एसोसिएसन–११ विरुद्ध खेल्दैछ । 

डार्विनस्थित मारारा क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार शनिबार दिउँसो १:१५ बजेबाट सुरु हुनेछ ।

नेपालका लागि यो समूह चरणको अन्तिम खेल हो । नेपालले पछिल्ला पाँच खेलमा तीन हार र दुई जित बेहोरेको छ ।

भिक्टोरियाले यसअघि खेलेका पाँचमध्ये चार खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । नेपाल भने यस खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्यसँगै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छ ।

नेपालले जित निकाल्दा ६ अंक पुग्नेछ । तर सेमिफाइनलमा पुग्नका लागि नेट रनरेट पनि महत्वपूर्ण हुनेछ । त्यसैले नेपाललाई भिक्टोरियाविरुद्ध ठूलो अन्तरको जित आवश्यक पर्ने अवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *