डिएभी सेमिफाइनलमा

२०८३, २८ श्रावण बिहीबार २१:११

काठमाडाैं । डिएभी ‘रातो’ जुनियर क्रिकेट लिग (जेसीएल) सिजन २ मा सेमिफाइनलमा प्रवेश गरेको छ । 

डिएभी ‘रातो’ ले बिहीबार आयोजक एन्जल्स हार्ट नेसनल स्कुललाई २३ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भइरहेको टी– १० इन्डोर छात्र क्रिकेटमा भ्याली पब्लिकले एन्जल्स हार्ट माविलाई ८ विकेट, द सेलिब्रसनले हिमालयन ह्वाइटहाउसलाई १८ रन, नेरिक एकेडेमीले केएमसीलाई ५ विकेट, मानसिंहले पुष्पसदनलाई ९ विकेट, डिएभी ‘नीलो’ ले क्रिएटिभ एकेडेमीलाई ८१ रन र जेम्सले सत्य साइ शिक्षा सदनलाई ९ विकेटले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *