नेपाल ‘ए’ अस्ट्रेलिया जारी टप एन्ड सिरिजको अन्तिम खेलमा पराजित भएको छ । शनिबार सम्पन्न खेलमा भिक्टोरिया एकेडमीले नेपाल ‘ए’ लाई एक विकेटले पराजित गरेको हो ।

नेपाल ‘ए’ ले दिएको १४३ रनको लक्ष्य पछ्याएको भिक्टोरियाले २० ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

भिक्टोरियाका लागि टम रोजर्सले सार्वधिक ३६ रन बनाए । यसैगरी ह्यारी डिक्सनले ३०, ह्यारी होएक्स्ट्राले अविजित ३५ र साम इलियटले १६ रनको योगदान दिए ।

नेपालका लागि कुशल भुर्तेलले र युवराज खत्रीले ३-३ विकेट लिए भने आकाश चन्दको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो । नेपाल ‘ए’ का लागि कुशल भुर्तेलले ५५ बलमा सर्बाधिक अविजित ९० रन बनाएका थिए । उनले ६ छक्का र ५ चौका प्रहार गरे । यसैगरी दीपक डुम्रेले १९ बलमा १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुशल भुर्तेल टप एण्ड टि-२० मा सर्वाधिक रन जोड्ने खेलाडी बनेका छन् । प्रतियोगिताको अन्तिम लिग खेलमा नटआउट ९० रन जोड्दै उनले ६ इनिङमा ३ सय २ रन पुर्याए । पहिलो खेलमा उनी शून्यमै आउट भएका थिए ।

योसँगै टप एन्ड सिरिजमा एडेलेड स्ट्राइकर्स एकेडेमी, बंगलादेश एचपी एघार, भिक्टोरिया सिए एघार र न्यूजील्याण्ड ‘ए’ टिम प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

अन्तिम खेलअघि बाहिरिसकेको नेपाल `ए´ ले ६ खेलमा २ जित र ४ हारसहित सातौं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *