काठमाडौं । जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ मा बुधबार प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भइरहेको प्रतियोगितामा आयोजक एन्जल्स हार्ट नेसनल स्कुल र श्री गम्भीर समुन्द्र सेतु, डिएभी ‘रातो’ र चेल्सी वल्र्ड स्कुल, मानसिंह र पुष्पसदन तथा डिएभी ‘नीलो’ र क्रिएटिभ प्रिक्वाटरफाइनलमा भिड्ने छन् ।
टी– १० इन्डोर छात्र क्रिकेटको बाँकी प्रिक्वाटरफाइनलमा सत्य साइ शिक्षा सदनले जेम्स, नेरिक एकेडेमीले केएमसी, द सेलिब्रेसन को–एडले ह्वाइटहाउस र भ्याली पब्लिकले एन्जल्स हार्ट मावि विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
