काठमाडाैं । आयोजक काष्ठमण्डप विद्यालयको दुवै टोली दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डपको ‘ए’ र ‘बी’ दुवै टोली सेमिफाइनलमा पुगेका हुन् ।

काष्ठमण्डप ‘ए’ ले कान्जिरोवालाई ३–० तथा काष्ठमण्डप ‘बी’ ले रोजबडलाई २–० गोलले पराजित गरे । सोही स्पर्धामा युरो स्कुल, हात्तीगौडाले अक्षरालाई टाइब्रेकरमा २–१ तथा काठमाडौं प्रज्ञा कुञ्जले संस्कृति इन्टरनेसनल स्कुललाई १–० गोलले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा काठमाडौं प्रज्ञा कुञ्जको भेट काष्ठमण्डप ‘बी’ संग हुनेछ भने युरोले काष्ठमण्डप ‘ए’ को सामना गर्ने छ ।

सिनियर गल्र्समा जोन डेवीले युरो, छाउनीलाई ७–०, इम्पेरियलले त्रियोगलाई टाइब्रेकरमा २–१, काष्ठमण्डप ‘ए’ ले संस्कृतिलाई टाइब्रेकरमा २–१ र मेरिडियनले काठमाडौं प्रज्ञा कुञ्जलाई २–१ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनल जोन डेवी र काष्ठमण्डप ‘ए’ तथा इम्पेरियल र मेरिडियनबीच हुनेछ ।

सिनियर ब्वाइजमा भक्तपुर निस्टले युरो, छाउनीलाई १–०, कान्जिरोवाले दीक्षालयलाई २–१, बौद्ध इन्टरनेसनल स्कुलले काष्ठमण्डप ‘ए’ लाई १–० र इम्पेरियलले संस्कृतिलाई १–० गोलले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । सेमिफाइनलमा भक्तपुर निस्टले इम्पेरियल तथा कान्जिरोवाले बौद्ध इन्टरनेसनल विरुद्ध खेल्ने छन् ।

काठमाडौं क्वालिटी स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार सेमिफाइनसंगै तेश्रो स्थानका लागि पनि खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *