काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीलाई प्रोत्साहनस्वरूप ट्रयाकसुट प्रदान गरिएको छ ।

अमेरिकामा बसोबास गर्दै आउनुभएका खेलप्रेमी रबिन थापाले प्रायोजन गरेको ट्रयाकसुट हस्तान्तरण गरिएको हो ।

८औँ दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) का पदक विजेता कारते मकेन्द्रबहादुर सिंहमार्फत खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई ट्रयाकसुट हस्तान्तरण गरियो ।

टोलीले खेलाडीको मनोबल उच्च राख्न विदेशमा रहेर पनि पुर्याएको सहयोगका लागि थापाप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *