एन्जल्स र नेरिकको जित

२०८३, २५ श्रावण सोमबार १९:३०

काठमाडौं । आयोजक एन्जल्स हार्ट नेसनल स्कुल र नेरिक एकेडेमीले जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ मा सोमबार जित हात पारेका छन् ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा एन्जल्सले क्रिएटिभ एकेडेमीलाई २४ रनले पराजित गर्यो ।

नेरिकले मिश्रित नतिजा निकाल्यो । चेल्सी वल्र्ड स्कुललाई ६ विकेटले पराजित गरेको नेरिक मानसिंह धर्म विरुद्ध ९ विकेटले चुक्यो । मानसिंहले स्कोलर्स होम एकेडेमीलाई ६ विकेट, सत्य साइ शिक्षा सदनले एन्जल्स हार्ट माविलाई ६२ रन, चेल्सीले एसिया प्यासिफिकलाई ७ विकेट, डिएभी (नीलो) ले स्कोलर्स होमलाई १ सय ७९, श्री गम्भीर समुन्द्र सेतुले मनमैजुलाई २ रन, हिमालयन ह्वाइटहाउसले पारामाउन्ट एकेडेमीलाई ५४ रन र डिएभी (रातो) ले आरम्भ एकेडेमीलाई ९७ रनले पाखा लगाए ।

योसंगै समूह चरणका १८ खेल सम्पन्न भएको छ । मंगलबार समूह चरणका १० खेल हुनेछ । एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको व्यवस्थापन तथा काठमाडौं गोर्खाजको सहयोगमा भइरहेको टी– १० इन्डोर छात्र क्रिकेटमा २४ टिम सहभागी छन् । विजेताले ३० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *