पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले नयाँ सिजनमा गोलको खाता खोल्दा अल नासरले साउदी प्रो लिगमा अल रियादलाई ४–० गोलले पराजित गरेको छ ।

विश्वकपपछि पहिलो पटक मैदानमा फर्किएका रोनाल्डोले दोस्रो हाफमा मैदान प्रवेश गर्दै खेलको ८३औँ मिनेटमा गोल गरे । योसँगै उनले २०२६–२७ सिजनमा आफ्नो पहिलो गोल गरेका हुन् ।

रोनाल्डोका लागि यो आफ्नो व्यावसायिक करियरको २५औँ सिजन हो । अल रियादविरुद्धको गोलसँगै उनको करियर गोल संख्या ९७७ पुगेको छ । अब उनी १,००० गोलको ऐतिहासिक आँकडाबाट २३ गोल मात्र टाढा छन् ।

अल नासरको जितमा अब्दुलेलाह अल अम्री, एन्जेलो र जोआओ फेलिक्सले पनि गोल गरे । जितसँगै अल नासरले साउदी प्रो लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । 

दुई खेलमा ६ अंकसहित नासर शीर्ष स्थानमा रहँदा समान खेलबाट समान अंक रहेकाे अल हिलाल दाेस्राे स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *