प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकालेका नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन् । आज बेलुका सामाजिक सञ्जालमार्फत उनले ढाँटलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री शाहले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकामा फाइटर ढाँटलाई धन्यवादसमेत दिएका छन् ।

“नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु युएफसी सिजन–५’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपालमा आएको विपद्को अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकामा नेपाल सरकारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद”, प्रधानमन्त्री शाहले लेखेका छन् ।

उहाँले अगाडि लेखेका छन्, “उहाँको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय हो । सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ । मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्नेगरी हामी निरन्तर काम गरिरहेका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *