ललितपुर । राष्ट्रिय टेबलटेनिस खेलाडी एलेक्स महर्जन त्रिभूवन विश्वविद्यालय सेवा आयोगअन्तर्गत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट लेखा अधिकृत पदमा सिफारिस भएका छन् ।

त्रिभूवन विश्वविद्यालय सेवा आयोगले सार्वजनिक गरेको नतिजाअनुसार महर्जन लेखा अधिकृत पदका लागि सिफारिस भएका उम्मेदवारमध्ये एक हुन् ।

ललितपुर–७ का स्थानीय बासिन्दा महर्जनको यो उपलब्धिले खेलकुदसँगै शिक्षा तथा पेशागत क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणा अन्य खेलाडीलाई समेत दिएको अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।

४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका उपविजेता एलेक्सले आगामी दिनमा राष्ट्रसेवामा समेत उत्कृष्ट योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *