इटहरी । सुनसरीको इटहरीमा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब, सुनसरी फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा सृजनशील महिला फुटबल क्लब, तेह्रथुमलाई २–१ को गोल अन्तरले पराजित गर्दै फेयर उपाधि नजिक पुगेको हो ।

फेयरलाई प्रजिता राई र पुजा रसाईलीले समान १-१ गरे । पराजित सृजनशीलका लागि सजिना साङ्गतामले एक गोल फर्काए पनि टोलीको हार टार्न सकिनन् । खेलको प्लेयर अफ द म्याच फेयरकी प्रजिता राई घोषित भइन् ।

प्रतियोगितामा बिहीबार आत्मा पवित्र एससी, इलाम र इटहरी फुटबल क्लब, सुनसरीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल असार २० गते शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *