काठमाडाैं । ललितपुरको जावलाखेलमा आयोजित १७औँ एनएसकेए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२६ सुरु भएको छ ।

नेपाल शोतोकान कराते एसोसिएसन (एनएसकेए) को आयोजनामा सञ्चालन भएको प्रतियोगिता जेठ १९ देखि २१ सम्म हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालसहित विभिन्न राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको छ ।

प्रतियोगिताको प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य डा. अच्युतम लमिछाने सहभागी रहेका थिए । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते क्षेत्रका प्रशिक्षक, खेलाडी, खेलप्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतियोगितामार्फत खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली करातेको पहिचान अझ सुदृढ बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ । कराते खेलमार्फत अनुशासन, आत्मविश्वास तथा खेलकुद संस्कृतिको विकासमा समेत प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *