काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी र हिमरश्मि दोश्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय-कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा भएको खेलमा लालीगुराँसले सेन्ट लरेन्सलाई २५–२०, २३–२५ र १७–१५ ले पराजित गर्यो । हिमरश्मिले आयोजक एन्जल्स हार्ट माविलाई २७–२५ र २५–२० को सोझो सेटमा हरायो ।

कल्याण मावि र न्युटनले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । कल्याणले ग्रिनफिल्डलाई २३–२५, २५–१७ र १५–५ ले पाखा लगायो । न्युटनले चाणक्यको चुनौती सीधा सेटमा २५–२१ र २५–२२ ले पन्छायो ।

सेमिफाइनलमा न्युटन र कल्याण तथा लालीगुराँस र हिमरश्मिबीच हुने एन्जल्स हार्टका भाइस प्रिन्सिपल दिलबहादुर बुढाथोकीले जनाएका छन् ।

प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर र डिफेन्डरलाई पनि नगदसहित पुरस्कृत गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *