नेपाल तेक्वान्दो संघको आयोजनामा ११ औं राष्ट्रिय क्योरुगी तेक्वान्दो रेफ्री सेमिनार, १२ औं राष्ट्रिय क्योरुगी तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्ष, चौथो राष्ट्रिय पुम्से तेक्वान्दो रेफ्री सेमिनार तथा तेश्रो राष्ट्रिय पुम्से तेक्वान्दोे रेफ्री रिफ्रेसर कोर्ष मंगलबार चितवनको सौरहामा सम्पन्न भएको छ ।

चितवन जिल्ला तेक्वान्दो संघको समन्वयमा भएको क्योरुगी सेमिनारमा ५१, क्योरुगी रिफ्रेसरमा ४४, पुम्से सेमिनारमा ४५ र पुम्से रिफ्रेसरमा ३० गरी १ सय ७० जना सहभागी थिए ।

बागमती प्रदेशको छदिने कोर्षका सहभागीलाई नोर्बु लामा, गौरव रजक, गोपाल श्रेष्ठ र उज्ज्वल श्रेष्ठले कोर्ष सञ्चालन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *