हेटौंडा । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिवार ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन् ।

बागमती प्रदेशका १३ जिल्लाबाट ३९ जना राष्ट्रिय खेलाडी सहभागी भएको बुद्धिचाल खेलमा ललितपुर जिल्लाका सुरोज महर्जनले ४ जीत दर्ता गर्दै पूर्ण अंकका साथ एकल अग्रता बनाएका छन् । प्रतिस्पर्धामा भक्तपुर जिल्लाका पुरुषोत्तम दुवाल ३.५ अंक टाइब्रेक प्वाइन्टका आधारमा दोस्रो स्थानमा छन् । समान अंक जोडेर काठमाडौं जिल्लाका अर्जुन महर्जन तेस्रो स्थानमा रहे । स्पर्धामा ३ अंक बनाउदै भक्तपुरका गणेश अवाल, काभ्रेका शैलेन्द्र न्यौपाने, मकवानपुरका बलराम सञ्जेल, काठमाडौंका गोविन्द खड्का, ललितपुरका अशोकमोहन श्रेष्ठ र चितवनका आशिष् गुरुङले शीर्ष तिनलाई पछ्याउँदै छन् ।


खेलमा समान २.५ अंक जोडेर दोलखा जिल्लाका विमल भण्डारी र भक्तपुर जिल्लाका गणेशमान दुवाल क्रमशः एघारौं स्थानमा उभिएका छन् । यसैगरी महिलातर्फको ब्लिट्ज् विधामा काठमाडौंका रिया श्रेष्ठले सबै खेलमा विजयी हासिल गर्दै ४ अंकका साथ अगाडी रहन सफल भएका छन् ।

प्रतियोगितामा धादिङ जिल्लाका त्रिसरा लामा, काठमाडौंका नेलिसा ओझा, रामेछापका ओजस्वी श्रेष्ठ, भक्तपुरका श्रेषा दुवाल, चितवनका लक्ष्मी कँडेल, ललितपुरका ग्लोसि श्रेष्ठ र मकवानपुरका लिलादेवी तिमल्सिना समान ३ अंक जोडेर पदकका लागि दाबेदारी पेश गरिरहेका छन् ।

बागमती प्रदेश सरकारको तत्त्वावधानमा क्लासिकल तथा र्‍यापिड तर्फ सम्पन्न प्रतिस्पर्धामा ललितपुर जिल्लाले २ स्वर्ण १ रजत पदक हासिल गरि समूहमा अग्रता लिन सफल बनेका छन् । यस्तै चितवन जिल्लाले २ स्वर्ण प्राप्त गर्दै समूहमा दोस्रो स्थान प्राप्त गरेका छन् । काठमाडौं  जिल्लाले १ रजत १ काश्य जितेर तृतीय स्थानमा छन् । पदक तालिकाका काभ्रे जिल्लाले १ रजत, मकवानपुर जिल्लाले १ रजत, दोलखा जिल्लाले १ काश्य, रामेछाप जिल्लाले १ काश्य र भक्तपुर जिल्लाले १ काश्यलपदक खातामा जम्मा गरेका छन् ।

बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री ईन्द्र बानियाँज्यूले बागमती प्रदेश सरकारको विनियोजित विकास तथा चालु बजेट मार्फत नवीनतम कामहरुको थालनी गरिरहेको बताएका छन् । आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गर्ने क्रममा मुख्यमन्त्रीले नागरिकले चासो दिएको तेस्रो बागमती प्रदेश स्तरीय खेल गतिविधि मार्फत सहि लगानी गर्दै राष्ट्रका कर्णधारहरुको स्तर उन्नति संगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा दह्रिलो उपस्थिति देखाउने अवसर श्रृजना हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *