काठमाडौं । टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमी मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार दुवैले समान २–२ खेलेकोमा दुवैमा जित आत्मासात् गर्दै सेमिफाइनलमा पुगेका हुन् । टिप टप न्यु डायमन्ड समूह ‘ए’ तथा न्यु डायमन्ड एकेडेमी समूह ‘बी’ को विजेता बने ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको खेलमा टिप टप न्यु डायमन्डले अमर ज्योति, नुवाकोटलाई २५–९, २५–११ र २५–५ तथा सरस्वती स्कुल, सिन्धुपाल्चोकलाई २५–५, २५–६ र २५–४ को सोझो सेटमा पराजित गरे ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीले सूर्य विनायक, भक्तपुरलाई २५–१३, २५–४ र २५–६ तथा गणेश हिमाललाई २५–९, २५–२२ र २५–१४ ले हराए ।
अन्य खेलमा गणेश हिमालले एलिक्सर एकेडेमीलाई २५–२१, २५–२१ र २५–१६, सरस्वतीले एन्जल्स स्पोर्ट्स एकेडेमीलाई २१–२५, २५–१३, २५–१६ र २५–१७ तथा अमर ज्योतिले एन्जल्सलाई २५–६, २५–२२ र २५–१० ले पाखा लगाए ।
