इन्डो–नेपाल कराते शुक्रबारदेखि

२०८३, १९ जेष्ठ मंगलवार १७:१३

काठमाडौं । टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा नेपालबाट २ सय ५० र भारतबाट २३ गरी जम्मा २ सय ७३ खेलाडी सहभागी हुने बताइएको छ ।

पुरुष÷महिलामा एकल कातासहित समान ११–११ स्पर्धामा खेल हुने गोजुकाइ कराते डो संघका महासचिव समेत रहेका प्रतियोगिता संयोजक इन्द्रबहादुर शाही खड्गेले जनाएका छन् । दुईदिने प्रतियोगिताका खेलहरु मित्रपार्कस्थित आयोजक टेक्सासकै हातामा खेलाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *