काठमाडौं । नेपाल बक्सिङ महासंघको आयोजनामा ३० औं पुरुष तथा ११ औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगितामा ७४ खेलाडीको सहभागिता रहेको आयोजक महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् ।
पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता असार १४ गतेसम्म सञ्चालन हुनेछ ।
