आर्मीलाई उपाधि

२०८३, २३ जेष्ठ शनिबार २२:०८

काठमाडौं । नेपाल आर्मीले गिरिजाप्रसाद कोइराला राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

गिरिजाप्रसाद कोइराला स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा गण्डकी दोश्रो र मधेस प्रदेश तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

आर्मीकी सविना केसी उत्कृष्ट खेलाडी घोषित भइन् । मधेश प्रदेशकी लक्ष्मीनिया दास उदीयमान खेलाडी चुनिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *