मिक्लाजुङ (मोरङ) । साखरे युवा फुटबल क्लब, मिक्लाजुङ, मोरङको आयोजनामा जारी चौथो खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ मा त्रिवेणी स्पोर्टिङ क्लब, दमक, झापा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार साखरे स्कुलको खेल मैदानमा सम्पन्न खेलमा ब्रदर्श युनाइटेड फुटबल क्लब, गछिया, मोरङलाई ६-२ को फराकिलो अन्तरले पराजित गर्दै त्रिवेणी क्वाटरफाइनलमा प्रवेश गरेको छ।
त्रिवेणीको जितमा सुमन लिम्बु र आयुश श्रेष्ठले समान दुई-दुई तथा रुपेश राई र कप्तान जोन लिम्बुले समान एक-एक गोल गरे । ब्रदर्शका लागि पर्वत लिम्बुबाट र पुजन खड्काले समान एक-एक गोल गरे ।
खेलको म्यान अफ दि म्याच त्रिवेणीका आयुश श्रेष्ठ घोषित भए । प्रतियोगितामा भोलि शनिबार सगरमाथा युवा क्लब, जाँँते, मोरङ र ब्रदर फुटबल क्लब, मिक्लाजुङ, मोरङबीच पहिलो क्वार्टरफाइनल खेल हुनेछ ।
जेठ ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु. ५१,१११ रुपैयाँ र उपविजेताले नगद रु. ३१,१११ रुपैयाँ पाउनेछन् ।
