काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ ।

ग्रान्ड मास्टर डा. राजेन्द्र बलानको उपस्थितिमा भएको ग्रेडिङबाट ४ जना छैटौं तथा ५ जना पाँचौं डानमा पदोन्नती भएको महासंघले जनाएको छ ।

घमबहादुर थापा मगर, निर्मला गुरुङ, चतुरलाल चौधरी र राजेन्द्र धिमाल छैटौं डानमा पदोन्नती भए । अन्जना शिवाकोटी, चाउची डंगोल, होम सुनार, वीरेन्द्रजंग शाही र बबिता राजथला पाँचौं डान बने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *