विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट सँघको आयोजनामा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको खेल रद्ध भएको छ ।

बुधबार विहान भारी वर्षा भए पछि मैदानमा पानी जमेपछि खेल रद्ध गरिएको फाउण्डेशका अध्यक्ष अविशेक श्रेष्ठले बताए । बुधबारको पहिलो खेल विराटनगर हव र सिरहा हव तथा दोस्रो खेल उदयपुर हव र इटहरी हवविच हुने पर्ने खेल विहानै वर्ष भएपछि खेल रद्ध गरि १–१ अंक बाडिएको छ ।

विराटनगरले ३ खेलमा २ मा जित र १ खेल रद्ध भएपछि ५ अंककासाथ शिर्ष स्थानमा रहेको छ भने सिरहा २ खेलमा १ मा जित र १ मा खेल रद्ध भएपछि ३ अंककासाथ दोस्रो, राजविराजले २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो , इटहरीले २ खेलमा १ मा पराजित र १ खेल रद्ध भएपछि १ अंककासाथ चौथो तथा उदयपुरले ३ खेलमा २ मा पराजित र १ खेल रद्ध भएपछि १ अंककासाथ पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *