काठमाडौं । नवौं एसियाली तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शनिबार मंगोलियाको उलन्बटार प्रस्थान गर्ने भएको छ ।

जापानमा हुने २० औं एसियाली खेलकुदको छनोटका रुपमा समेत रहेको प्रतियोगिताको पुरुषमा युवराज राना मगर र महिलामा स्वस्तिका तामाङले एकल पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रशिक्षकमा कविराज खड्गी छन् । खड्गीका अनुसार शीर्ष ७ स्थानमा पर्न सके एसिायली खेलकुदका लागि खेलाडी छनोट हुने छन् । टोलीलाई नेपाल तेक्वान्दो महासंघका महासचिव हेमन्त डाँगी, तेक्वान्दोका मुख्य प्रशिक्षक पूर्ण योञ्जनलगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता मे १९ देखि २० तारिखसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *