टेन के रन हुने

२०८३, २४ बैशाख बिहीबार १९:५३

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी जेठ १ गते पुरुष १० किमी एनवाईएफएन रन हुने भएको छ ।

संघको ३७ औं स्थापना दिवसको उपलक्ष्यमा युवा संघले खेल आयोजना गर्न लागेको हो । दशरथ रंगशाला त्रिपुरेश्वरबाट सुरु हुने प्रतियोगिता तीनकुने फन्को मार्दै पुनः रंगशालामा पुगेर टुंगिनेछ ।

आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङलेले प्रतियोगितामा पाँच सय देखि हजार जनाको सहभागिता रहने विहिवार आयोजित पत्रकार सम्मेलनमा बताए ।

जसमा खुल्ला प्रतियोगिता भएकोले राष्ट्रिय स्तरको खेलाडीदेखि राष्ट्रिय युवा संघका सदस्यहरु सहभागी हुनेछन् । प्रतियोगितामा शीर्ष ५ स्थानमा रहने खेलाडीको लागि पुरस्कारको ब्यवस्था गरिएको छ ।

जसमा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथोले २० हजार र पाँचौं स्थान हात पार्नेले १० हजार प्राप्त गर्नेछन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गुरुङले अर्को वर्षदेखि महिला खेलाडीको इभेन्ट्स पनि समावेश गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *