काठमाडौं । राष्ट्रिय किक बक्सिङ संघ नेपालको आयोजनामा आठौं राष्ट्रिय किक बक्सिङ प्रतियोगिता असारमा हुने भएको छ ।
प्रतियोगिता असार १० देखि १३ गतेसम्म काठमाडौं महानगरापलिका वडा २९ मा हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले प्रतियोगिताको पोस्टर बिहीबार सार्वजनिक गरे । प्रतियोगितामा एमेच्योरतर्फ ७ विधामा प्रतिस्पर्धा हुनेछ । यसअन्तर्गत विभिन्न स्पर्धामा खेल हुनेछ ।
उक्त प्रतियोगितापछि असार १४ गते संघकै आयोजनामा मंगलादेवी प्रोफेसनल के वान फाइट हुनेछ । पुरुषको चौथो तथा महिलाको तेश्रो संस्करण हुन लागेको हो । पुरुष÷महिला दुवैमा समान २–२ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। पुरुषको विजेताले १० लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार महिलामा पनि नगद पुरस्कार रहेको छ ।
