काठमाडाैं । शैक्षिक परामर्शदाता संस्था ब्रिज इन्टरनेशनलले आफ्नो २१ औं शाखा पोखरामा विस्तार गरेको छ । पोखराको न्युरोडमा रहेको शाखाको बिहीबार इक्यान नेपालका अध्यक्ष लक्ष्मण पौडेल र ब्रिज इन्टरनेशनलका ब्राण्ड एमबासेडर सन्दिप लामिछानेले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका छन् ।
सो अवसरमा वोल्दै इक्यान नेपालका अध्यक्ष लक्ष्मण पौडेलले शैक्षिक परामर्शदाता संस्था ब्रिज इन्टनेशनलले आफ्नो शाखा पर्यटकीय शहर पोखरामा विस्तार गरेकोमा खुसी ब्यक्त गरे । वैदेशिक अध्ययनका लागि ब्रिज इन्टरनेशन रोज्नेहरुका लागि पोखरामै शाखा खोलेर विद्यार्थीहरुका लागि मदत पुगेको उनको भनाइ रहेको थियो । इक्यान संग आवद्ध रहेर सहकार्य गर्न समेत उनले सञ्चालकलाई आग्रह गरे ।
ग्लोबल विजनेशका डाइरेक्टर एन्ड्रीउ हप्किन्सले ब्रिज इन्टरनेशनल वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि परिवार जस्तै बनेको बताए । सो अवसरमा वोल्दै ब्रिज इन्टरनेशनलका ब्राण्ड एमबासेडर क्रिकेटर सन्दिप लामिछानेले आफुले क्रिकेटको मैदानबाट विकेट लिदै जाने र ब्रिजले विद्यार्थीको भविष्यलाई सुनिश्चितता गर्दै जान आग्रह गरे । लामिछानेले आफुहरुले देशलाई काधमा बोकेर हिड्ने र विद्यार्थी र शैक्षिक परामर्श दाताहरुले देशलाई साथमा लिएर हिड्न समेत अनुरोध गरे ।
ब्रिज इन्टरनेशनलका सिइयो भुवन गिरीले २०१५ देखि ब्रिज स्थापना भएर आज २१ औं शाखा पोखरामा ल्याउन पाउदा खुसी लागेको बताए । पोखराबाट विदेश परामर्शका लागि ब्रिजका लागि काठमाण्डौ धाउनुपर्ने समस्या अव समाधान भएको उनको भनाइ रहेको थियो । विद्यार्थीहरुलाई भिजा लगाउने मात्र नभइ आफ्नो सेवालाई प्राथमिकतामा राखी सबै डेस्टिनेशनमा पुगी आफ्टर भिसा सर्भिस समेत प्रदान गर्दै आइरहेको उनको भनाइ रहेको थियो ।
ब्रिज इन्टरनेशन गु्रपका एडभाइजरी बोर्डका सदस्य खड्ग गुरुङले शिक्षाका लागि मात्र नभइ पर्यटन प्रवद्र्धनका लागि समेत ब्रिजलाई पोखरा सम्म ल्याइपु¥याएको बताए । आफुले ब्रिजका बेलायतमा रहेका प्रतिनिधीहरुलाई समेत पोखरा ल्याउन सफल भएको र आगामी दिनमा पोखरा र आशपासका विद्यार्थीहरुका लागि सहज हुने बताए ।
कार्यक्रममा इक्यानका निवर्तमान अध्यक्ष शेषराज भट्टराई, ब्रिजका चियर पर्सन महेश गिरी लगायतले आ आफ्नो धाराणा राखेका थिए ।
