प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै सहज जित हात पारेको छ।
कर्णालीले दिएको ७३ रनको सामान्य लक्ष्य गण्डकीले १३ ओभरमै मात्र एक विकेट गुमाएर पूरा गर्यो ।
गण्डकीका सिब्रिन श्रेष्ठले आक्रामक ब्याटिङ गर्दै अविजित ४० रन बनाए भने दीपक डुम्रे २२ रनमा अविजित रहे । सुरुवाती विकेटका रूपमा अर्जुन कुमाल ६ रनमा आउट भएब। कर्णालीका लागि एक मात्र विकेट विपिन शर्माले लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णाली प्रदेश सुरुवातदेखि नै दबाबमा देखियो । टोली २५.२ ओभरमा मात्र ७२ रनमा समेटियो ।
कर्णालीका लागि प्रकाश जैसीले अविजित १५ रन बनाउँदा कप्तान दिवान पुनले १४ रन जोडे । अर्जुन घर्तीले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
गण्डकीका विपिन खत्रीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा मात्र १८ रन दिएर ५ विकेट लिए । त्यसैगरी अपराजित पौडेल ले ३ विकेट तथा सुबास भण्डारी र कमल परियार ले समान १–१ विकेट लिए ।
