पिएम कपमा आज पनि दुई खेल हुँदै

२०८२, ३० चैत्र सोमबार ०७:५३

प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

आज पीएम कपमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच जनकपुरमा खेल हुँदैछ ।

जारी पीएम कपमा आर्मी क्लबको ७ खेलमा १३ अंकसहित शिर्ष स्थानमा रहेको छ भने कोशी प्रदेश ८ खेलमा एक अंकसहित पुछारमा रहेको छ ।

त्यस्तै आज अर्को खेल एपीएफ क्लब र मधेश प्रदेशबीच पर्सामा खेल हुँदैछ । जारी पीएम कपमा एपीएफ क्लबको ८ खेलमा ९ अंक रहेको छ र हाल पाँचौं स्थानमा छ ।

त्यस्तै मधेश प्रदेशको ७ खेलमा ९ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *