प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्रिभुवन आर्मी प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको हो । ८ खेलमा ७ मा जित र एकमा बराबरी गरेको आर्मी १५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।
आर्मीले लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बनी प्रदेशसँग खेल्नेछ । त्यस्तै, सूदुरपश्चिम प्रदेश १२ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो ।
सूदुरले ९ खेलबाट ६ मा जित निकालेको हो । पिएम कपमा फाइनल स्थान बनाएसँगै यी दुई टोलीले जय ट्रफिमा पनि स्थान पक्का गरेका छन् । पिएम कपमा कूल १० टोली सहभागी छन् ।
