काठमाडौं । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) का प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य जापानको टोकियोमा हुने अन्तर्राष्ट्रिय कराते सेमिनारमा सहभागी हुने भएका छन् । सेमिनार मार्च २७ देखि २९ तारिखसम्म हुनेछ ।

वैद्य शुक्रबार टोाियो जाने छन् । सेमिनार मार्च २७ देखि सुरु हुने भएपनि टिकट पाउन समस्या भएकाले मार्च २८ तारिखदेखि सेमिनारमा सहभागी हुने वैद्यले बताए ।

काता÷कुमुतेको सेमिनारसंगै ग्रेडिङ पनि हुनेछ । ६९ वर्षको उमेरमा पनि करातेमा सक्रिय छैटौं डान वैद्य नेपाल कराते महासंघका सल्लाहकार पनि हुन् ।

वैद्यलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालगायतले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *