एन्फा राष्ट्रिय लिग अन्तर्गत आज दुई रोमाञ्चक खेल हुने भएका छन् ।
दिनको पहिलो खेलमा श्री भगवती क्लब र मनाङ मर्स्याङदी क्लब आमनेसामने हुनेछन् । उक्त खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १२:१५ बजे सुरु हुनेछ ।
त्यसपछि हुने दोस्रो खेलमा काक्रेबिहार युवा क्लब र नव जनजागृति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ४ बजेबाट सुरु हुने तालिका रहेको छ ।
