एन्फा राष्ट्रिय लिगअन्तर्गत चित्लाङ एफसीमाथि महत्वपूर्ण जित निकाल्दै लालीगुराँस एसोसिएसन क्लब अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा लालीगुराँसले चित्लाङलाई १–० ले पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा लालीगुराँसका लागि अब्दुल युसुफ हाउलेले निर्णायक गोल गरे । उनले दोस्रो हाफको ४९औँ मिनेटमा गरेको गोल नै खेलको नतिजा तय गर्न पर्याप्त बन्यो ।

यस जितसँगै लालीगुराँसले १३ खेलबाट २७ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ । पराजित चित्लाङ भने १३ खेलबाट मात्र ८ अंकसहित १५औँ स्थानमा सीमित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *