पुलिसमाथि मच्छिन्द्रको कठिन जित

२०८२, २९ फाल्गुन शुक्रबार १६:४९

एन्फा राष्ट्रिय लिग अन्तर्गत मच्छिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबमाथि कठिन जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा मच्छिन्द्रले पुलिसलाई १–० गोलले पराजित गरेको हो ।

मच्छिन्द्रको जितमा अबिनाश स्याङतानले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले खेलको ३४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा प्राप्त उक्त अग्रता मच्छिन्द्रले अन्तिमसम्म जोगाउन सफल भयो । दोस्रो हाफमा पुलिसले बराबरी गोलका लागि केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेलमा फर्किन सकेन ।

यस जितसँगै मच्छिन्द्रले १० खेलबाट २५ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेल खेलेको नेपाल पुलिस क्लब भने ८ अंकमै सीमित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *