प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २१० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
तल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको गण्डकीले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको छ ।
गण्डकीका लागि अर्जुन कुमालले ६७ रनको योगदान दिए । उनले १०२ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै दीपक डुम्रेले ४५ बलमा ५१ रन बनाउँदै टोलीलाई मध्यम स्कोरसम्म पुर्याए । अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
गण्डकीको सुरुवात भने राम्रो हुन सकेन । गौरव बीके ६ रनमै आउट भएपछि दबाबमा परेको टोलीले नियमित अन्तरालमा विकेट गुमायो । मध्यक्रममा सिब्रिन श्रेष्ठ १४ र वंश क्षेत्री १० ले लामो इनिङ खेल्न सकेनन् ।
बलिङतर्फ आर्मीका आकाश चन्द र शाहाब आलमले समान ३-३ विकेट लिए । कुशल मल्लले किफायती बलिङ गर्दै १० ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिए ।
