बेल्जियममा आयोजना हुन लागेको आगामी EUT20 लिग मा अन्टवर्प एन्कर्स टिमले ठूलो चर्चा बटुल्न थालेको छ । टिमका सह–मालिकका रूपमा भारतीय पूर्व तीव्र गतिका बलर जहिर खान जोडिएका छन् भने वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल लाई आइकनिक खेलाडीका रूपमा प्रि–साइन गरिएको छ ।
टिमको स्वामित्व संरचनामा जाहिर खानको उपस्थितिले लिगप्रति अन्तर्राष्ट्रिय चासो बढ्ने अपेक्षा गरिएको छ । अर्कोतर्फ टी–२० क्रिकेटका सबैभन्दा खतरनाक खेलाडीमध्ये एक मानिने आन्द्रे रसेलको आगमनले अन्टवर्प एन्कर्सलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।
EUT20 लिगले युरोपमा क्रिकेटको लोकप्रियता बढाउने लक्ष्य राखेको छ । विश्वका विभिन्न देशका खेलाडीहरूको सहभागितासँगै यो प्रतियोगिता युरोपियन क्रिकेटका लागि महत्वपूर्ण कदम मानिएको छ ।
