ललितपुर ।  तीन पटकका राष्ट्रिय विजेता बद्रीलाल नेपालीको ६४ ओैं जन्मोत्सव अवसरमा आयोजित फिडे रापिड रेटिङ चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । 

देशभरका प्रतिभाशाली १५० जना राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको प्रतिस्पर्धामा ८ अंक सहित झापाका सुश्रुत दाहाल प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

पभिलियन चेस एकेडेमीका प्रशिक्षक सुश्रुतले अन्तिम चरणको खेलमा सेतो गोटीवाट खेलेका युवा खेलाडी मुहान नरसिंह श्रेष्ठको गल्ती समाउदै टाइब्रेकरका आधारमा उपाधि जितेका हुन् । कालो गोटी वाट खेलेका सिएम सुश्रुत दाहालले उपाधि सँगै नगद पुरस्कार रु. २० हजार, आकर्षक ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

दोस्रो वोर्डमा काठमाडौंका सिएम पुरुषोत्तम सिलवालले एफएम क्षितिज भण्डारी विरुद्ध कठिन जित दर्ता गर्दै समान ८ अंक सहित दोस्रो स्थानमा रहे । कालो गोटी लिएर खेल जितेका पुरुषोत्तमले द्वितीय पुरस्कार नगद १५ हजार, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।

यसैगरी पाँचथरका रिशान थापा ७.५ अंक जोडेर तेस्रो हुदै नगद रु. १० हजार, काठमाडौंका पुरुषोत्तम चालागाईं चौथो बन्दै नगद रु. ८ हजार प्राप्त गरेका छन् । स्पर्धामा ७ अंक जोडेर दोलखाका आशिष फूँयाल, मकवानपुरका एफएम  क्षितिज भण्डारी, पाँचथरका महेन्द्र कुमार सम्बाहाम्फे क्रमशः पाँचौ, छैटौं र सातौ स्थान कब्जा जमाउदै नगद पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै ६.५ अंक जोडेका खोटाङका खेलाडी धिरेन राई, सुनसरीका मुहान नरसिंह श्रेष्ठ, काठमाडौंका सिएम केशब श्रेष्ठ दशौं भए । समान अंकका साथ मोरङका प्रेम खड्का, भक्तपुरका निकेन कुसाथा, धनुषाका सुशील चौधरी, सर्लाहीका कमल श्रेष्ठ तथा भक्तपुरका गणेशमान दुवाल क्रमशः पन्ध्रौं स्थानमा अन्त्य गर्दै नगद पुरस्कार ग्रहन गरे ।

यसैगरी महिला विधा तर्फ तिनजना काठमाडौंका राधिका पौडेल प्रथम, सिन्डिरा जोशी द्वितीय र नेलिशा ओझा तृतीय भइन् अनरेटेडतर्फ झापाका मुकुन्द घिमिरे उत्कृष्ट घोषित भए भने काठमाडौंका राज केसी र हेटौंडाका रिवाज श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो बने ।

विभिन्न रेटिङ र उमेर समूहतर्फ पनि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट इलो १९०० मा चितवनका सन्तोष गौतम, १८०० मा सिन्धुलिका हेम भण्डारी, १७०० मा दोलखाका प्रबिन मगर र १६०० मा काडौंका दिपन मैनाली उत्कृष्ट घोषित भए ।

यसैगरी ५५ वर्षको भेट्रान तर्फ काडौंका सिएम भगवती प्रसाद शर्मा र ६० वर्षमा मोरङका पूर्णराज खड्का विजेता बने । किशोरतर्फ युवा १६ मा मोरङका काशिव कार्की, युवा १४ मा  काडौंका प्रबिर केसी, युवा १२ मा गोरखाका अभिक रेग्मी र युवा १० मा काडौंका सुनभ ओझाले उत्कृष्ट बन्दै नगद जिते ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले विजेता खेलाडीलाई कूल १ लाख ५१ हजार रुपैयाँ पुरस्कार वितरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *