काठमाडौं । एन्फा राष्ट्रिय लिग अन्तर्गत मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलहरूमा श्री भगवती क्लब र नव जनजागृति क्लबले महत्वपूर्ण जित दर्ता गरेका छन् ।

दिनको पहिलो खेलमा श्री भगवती क्लबले मनाङ मर्स्याङदी क्लबलाई १–० ले पराजित गर्‍यो । भगवतीको जितमा सिमान्त थापाले निर्णायक गोल गरे । उनले दोस्रो हाफको ४६औं मिनेटमा गरेको गोल नै खेलको एकमात्र तथा निर्णायक गोल बन्यो ।

यस्तै, अर्को खेलमा नव जनजागृति क्लबले काक्रेबिहार क्लबलाई २–१ ले हरायो । जनजागृतिको जितमा छिन्ना लामा र उदितनारायण चौधरीले समान एक–एक गोल गरे भने काक्रेबिहारका लागि सोनाम आचार्यले सान्त्वना गोल फर्काए ।

खेलको ३६औं मिनेटमा छिन्ना लामाले गोल गर्दै जनजागृतिलाई अग्रता दिलाएका थिए । तर, खेलको ८७औं मिनेटमा सोनाम आचार्यले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमै उदितनारायण चौधरीले निर्णायक गोल गर्दै जनजागृतिको जित सुनिश्चित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *