रिचर्डको दुई गोलमा चर्च ब्वाइज विजयी

२०८२, २८ फाल्गुन बिहीबार १६:५०

रिचर्ड कोफी जुनियर विल्सन चम्किँदा चर्च ब्वाइजले एन्फा राष्ट्रिय लिगमा कठिन जित दर्ता गरेकाे छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा चर्च ब्वाइजले काक्रेबिहार क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

चर्च ब्वाइजको जितमा रिचर्ड कोफी जुनियर विल्सनले दुई गोल गरे । काक्रेबिहारका लागि सुदेन विक्रम सिंह विश्वकर्माले एक गोल फर्काए ।

रिचर्डले खेलको सातौँ र ३९औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६६औँ मिनेटमा सुदेनले गोल गर्दै काक्रेबिहारलाई २–१ को अवस्थामा ल्याए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा चर्च ब्वाइज विजयी भयो ।

यस जितसँगै चर्च ब्वाइज ९ खेलबाट २२ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १ अंक मात्र जोडेको काक्रेबिहार भने तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *