इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले हार टारेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले वेस्ट ह्यामसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको ५०औं मिनेटमा थोमास सोचेकले गोलमा घरेलु टोली वेस्ट ह्यामले अग्रता लिएको थियो । तर, बेन्जामिन सेस्कोले दोस्रो हाफको इन्जुरी समयको छेटौं मिनेटमा बराबरी गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।
यो नतिजापछि युनाइटेडको २६ खेलमा ४५ अंक भएको छ र चौथो स्थानमा छ । वेस्ट ह्याम भने २४ अंकमा अझै रेलिगेसन क्षेत्रमा छ ।
शनिबारै भएका अन्य खेलमा चेल्सी लिड्स युनाइटेडसँग २–२ को बराबरीमा रोकिँदा न्युकासल युनाइटेडले टोटनहम र बर्नमाउथले एभरटनलाई समान २-१ गोलअन्तरले हराए ।
