साउदी प्रो लिगमा अल नासरले अल रियादमाथि १-० को कठिन जित निकालेको छ ।

रियादको घरेलु मैदानमा गएराति खेलको ४०औं मिनेटमा साडियो मानेले गरेको गोल नै नासरको जितका लागि निर्णायक बन्यो ।

यस खेलमा क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् ।  रोनाल्डो क्लब व्यवस्थापनसँगको असन्तुष्टिका कारण नखेलेको बताइएको छ । 

गएराति नै भएको अर्को खेलमा अल हिलाल अल अहली साउदीसँग गोल रहित बराबरीमा रोकियो ।  यसको फाइदा अल नासरलाई भएको छ ।

अल नासरले शीर्ष स्थानमा रहेको अल हिलालसँगको अंक दूरी एक अंकमा झारेको छ ।  शीर्ष स्थानमा रहेको अल हिलालको १९ खेलमा ४७ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको अल नासरको १९ खेलमा ४६ अंक रहेको छ । त्यस्तै अल अहली साउदी १९ खेलबाट ४४ अंकका साथ तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *