रंगेली (मोरङ) । बबिया बिर्ता युवा क्लब, रंगेली, मोरङको आयोजनामा जारी रंगेली नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता २०८२ मा वडा नम्बर ३ सेमिफाइनलमा प्रवेश गरेको छ ।

रंगेलीको दौलतपुरस्थित श्री प्रगतिशिल माविको खेल मैदानमा सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा वडा नम्बर ८ लाई १-० गोल अन्तरले हराउँदै वडा नम्बर ३ ले सेमिफाइनलको यात्रा तय गरेको हो ।

मुकेश पासवानले गरेको एक मात्र गोल वडा नम्बर ३ लाई जित दिलाउन पर्याप्त बन्यो । खेलको म्यान अफ दि म्याच पनि मुकेशनै घोषित भए । उनले नगद एक हजार एक सय रुपैयाँसहित मेडल प्राप्त गरे ।

प्रतियोगितामा रंगेली नगरपालिकाका ९ वडा मध्ये ९ वटा वडाकै सहभागिता रहेको छ । प्रतियोगितामा मंगलबार वडा नम्वर २ र वडा नम्वर ७ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ३१ हजार रुपैयाँ र उपविजेता हुने टिमले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता २४ माघसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *